logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

हरिवनमा प्रहरीको नागरिक सुनुवाई


  • उज्यालो अभियान

हरिवन, २९ पुस – सर्लाहीको हरिवनमा आज प्रहरीले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको आयोजनामा हरिवन नगरपालिका ११ स्थित बजारमा नागरिक सुनुवाई कार्यक्रम गरिएको हो । नागरिक सुनुवाईमा स्थानीय सर्वसाधारणले शान्ति, सुरक्षालगायत विविध विषयमा राखेको जिज्ञाशामा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का, हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानलगायतले जवाफ दिएका छन् ।

नागरिकमैत्री सेवा प्रदान गर्ने र समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने उद्देश्यले नागरिक सुनुवाई कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।