logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

जुटपानी वृद्धाश्रममा लायन्स क्लबको सहयोग


  • उज्यालो अभियान

लालबन्दी, २९ पुस – लायन्स क्लब अफ लालबन्दी सिटीले आज लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आज सहयोग प्रदान गरेको छ ।

उक्त संस्थाले लायन्सको अन्तराष्ट्रिय संस्थापक प्रेसिडेन्ट मेलभिन जोनको जन्मदिन तथा लायन स्वर्गिय मीनराज कार्की (मिलन) को नवौं स्मृतिमा आश्रममा सहयोग प्रदान गरेको हो । आश्रमका बुवा आमालाई बिहानको एक छाक मिष्ठान्न भोजन, ३ बोरा चामल र २० प्याकेट डाइपर सहयोग गरिएको लायन्स क्लब अन्तराष्ट्रिय ३२५ एच डिष्ट्रिकका एरिया को–अर्डिनेटर राजकुमार न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लब लालबन्दीका संस्थापक अध्यक्ष दीपेन्द्र अधिकारी, वर्तमान अध्यक्ष रेवन्तराज तिमल्सिना, एरिया को अर्डिनेटर न्यौपाने, पूर्व अध्यक्षहरु धर्मराज थापा, विकल जर्गा मगर, चिरन्जिवी खतिवडा, सचिव सुरज थापालगायतको उपस्थिति रहेको थियो ।