मलंगवा, २९ पुस – सर्लाही जिल्लाभित्र इजाजत प्राप्त हतियारहरु बुझाउन जिल्ला प्रशासन कार्यालय मलंगवाले सूचना जारी गरेको छ ।
हिजो पुस २८ गते प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाद्वरा जारी सूचना अनुसार इजाजत लिएका हतियारहरु नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा १५ दिनभित्र बुझाउन हतियारधनीहरुलाई आग्रह गरिएको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई ध्यान दिँदै इजाजत प्राप्त हतियार समेत संकलन गर्न लागिएको हो ।
सर्लाहीमा स्थानीय प्रशासनबाट इजाजत लिएका विभिन्न खाले पेस्तोल, राइफल लगायत ३१९ थान हतियारहरु रहेको प्रशासन स्रोतले जनाएको छ ।