लालबन्दी, २८ पुस – लायन्स क्लब अफ लालबन्दी सिटीले आज २३ जनालाई सिरक प्रदान गरेको छ ।
चिसोबाट प्रभावित गरिब तथा विपन्न परिवारका २३ जनालाई सिरक उपलब्ध गराइएको लायन्स क्लब अन्तराष्ट्रिय ३२५ एच डिष्ट्रिकका एरिया को–अर्डिनेटर राजकुमार न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार सिरक प्राप्त गर्ने २३ जना लालबन्दी ७ र १५ का स्थानीय वासिन्दा हुन् ।
लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष रेवन्तराज तिमल्सिना सहितले चिसो प्रभावित व्यक्तिहरुलाई घरघरमै पुगेर सिरक हस्तान्तरण गरेका हुन् ।
लायन्स क्लब लालबन्दीले यस क्षेत्रमा यसरी विभिन्न प्रकारका सामाजिक सेवाको काम गर्दै आइरहेको छ ।