logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

ज्येष्ठ नागरिक र दलित परिवारलाई वडाको सम्मान


  • उज्यालो अभियान

घुर्कौली, २८ पुस – सर्लाहीको हरिवन नगरपालिका ५ नंं. वडा कार्यालय घुर्कौलीले आज वडाभित्रका ज्येष्ठ नागरिक र विपन्न दलित परिवारलाई सम्मान गरेको छ ।

वडाको वार्षिक कार्यक्रम अन्तर्गत १६२ जना ज्येष्ठ सदस्य तथा १७ घर दलित परिवारलाई सम्मानस्वरुप एक÷एक थान इलेक्ट्रिक जग प्रदान गरिएको हो । वडा अध्यक्ष नागेन्द्रकुमार साहको अध्यक्षता तथा साबिक घुर्कौली गाविसका पूर्व अध्यक्ष पूर्णबहादुर स्याङतानको प्रमुख आतिथ्यतामा वडा कार्यालय परिसरमा सम्मान कार्यक्रम गरिएको हो ।

हरिवन ५ नंं. वडा कार्यालयले गत वर्षहरुमा पनि झुल, हर्लिक्स, छाता, सिरकलगायतका सामग्री वितरण गर्ने गरेको थियो ।