logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

भूपु सैनिकले मनाए पृथ्वी जयन्ती


  • उज्यालो अभियान

हरिवन, २७ पुस – सर्लाहीका अवकाश प्राप्त भूतपूर्वक सैनिकले आज पृथ्वीनारायण साहको जयन्ती तथा एकता दिवस मनाएका छन् ।

हरिवनस्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको भवनमा पृथ्वी जयन्ती मनाइएको हो । संघका जिल्ला अध्यक्ष तथा अवकाश प्राप्त सह–सेनानी चन्द्रदेव श्रेष्ठको अध्यक्षता तथा कालिध्वज गण पाँचकुमारी ब्यारेकका गणपति एवं प्रमुख सेनानी उमेश खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रममा गरिएको हो ।

कार्यक्रममा प्रमुख सेनानी खड्काले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन भूतपूर्व सैनिकहरुसँग आग्रह गरेका छन् ।

कार्यक्रमको अध्यक्षता गरेका संघका अध्यक्ष श्रेष्ठले पृथ्वीनारायण साहको दिब्योपदेश उजागर गर्दै ३०४ औँ जन्मोत्सव तथा एकता दिवसको अवसरमा शुभकामनासहित नेपाली सेनाको कदमलाई साथ दिइरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।