स्व. नविन अधिकारीकाे दाहसंस्कारस्थल पशुपति आर्यघाटमा जम्मा भएका आफन्त, कांग्रेस नेता कार्यकर्ता एवं शुभचिन्तकहरु । (तस्बिर : उज्यालाे अभियान)
बरहथवा, ०६ पुस – आइतबार साँझ निधन भएका नेपाली कांग्रेस सर्लाहीका उपसभापति नवीन अधिकारीको अहिले राती नै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार हुने भएकाे छ ।
अहिले राती नै स्व. अधिकारीकाे पार्थिवशरिरकाे दाहसंस्कार हुन लागेकाे पशुपति आर्यघाटमै रहेका नेपाली कांग्रेस सर्लाहीका युवा नेता निरमुनी मैनालीले जानकारी दिए ।
मुटुमा समस्या देखिएपछि केही दिनअघि उपचारका लागि काठमाडौं गएका उनको आइतबार साँझ उपचारको क्रममा निधन भएको हो । ६० वर्षीय अधिकारी बरहथवा नगरपालिका-११, दियरटोलका वासिन्दा हुन् ।
उनि बरहथवा नगरपालिकामा २०७४ सालकाे स्थानीय तह निर्वाचनमा मेयरका प्रत्यासी थिए । नेपाली कांग्रेस सर्लाहीकाे गत जिल्ला अधिवेशनमा सबै पदहरु संस्थापन पक्षले जित्दा इतरबाट जिल्ला उपसभापतिमा निर्वाचित हुने अधिकारी एक्लाे हुन् ।
स्व. अधिकारीका श्रीमती र दुई छोरी रहेका छन् । कांग्रेसका नेताहरुले श्रद्धाञ्जली कार्यक्रम गर्ने र भाेलीमात्रै दाहसंस्कार गर्ने प्रस्ताव राखेपनि परिवारजनकाे चाहनाअनुसार अहिले राती नै पशुपति आर्यघाटमा दाहसंस्कारकाे तयारी भइरहेकाे कांग्रेसका एक नेताले जानकारी दिए ।
याेपनि पढ्नाेस्