बरहथवा, ०६ पुस – नेपाली कांग्रेस सर्लाहीका उपसभापति नवीन अधिकारीको निधन भएको छ ।
मुटुमा समस्या देखिएपछि केही दिनअघि उपचारका लागि काठमाडौं गएका उनको आज साँझ उपचारको क्रममा निधन भएको हो । ६० वर्षीय अधिकारी बरहथवा नगरपालिका–११, दियरटोलका वासिन्दा हुन् ।
अधिकारीको श्रीमती र दुई छोरी रहेका छन् ।