बसबरिया, २९ मंसिर – सर्लाहीको बसबरिया गाउँपालिका निवासी नेपाली कांग्रेसका नेता गजेन्द्र साहले आज आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।
साहले बसबरिया गाउँपालिका–४ मा रहेको आदर्श माध्यमिक विद्यालय र वडा नं. ६ मा रहेको प्राथमिक विद्यालय मानटोलका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् । दुई विद्यालयका १०५ जना अतिविपन्न विद्यार्थीलाई कापी, कलम वितरण गरेका कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता अरविन्दकुमार साहले जानकारी दिए ।
कांग्रेस नेता साहले ति विद्यालयहरुमा खानेपानीको समस्या रहेकाले खानेपानीको पाइपसमेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।