logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

ईश्वरपुर १२ लाई आज बालविवाहमुक्त वडा घोषणा गरिँदै


  • उज्यालो अभियान

घारिबथान, २९ मंसिर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरलाई आज बालविवाहमुक्त वडा घोषणा गरिँदै छ ।

वडालाई आज नै सतप्रतिसत बालबालिका विद्यालय भर्ना वडा समेत घोषणा गर्न लागिएको वडाध्यक्ष देविबहादुर खत्री (शिव) ले जानकारी दिए । आज मध्यान्ह वडा कार्यालय परिसरमा कालिन्जोरलाई एकैसाथ सतप्रतिसत बालबालिका विद्यालय भर्ना र बालविवाहमुक्त वडा घोषणा गर्न लागिएको हो ।

यो अभियानका लागि नगरपालिका, वडा कार्यालय, बाल क्लब र ग्रामीण नारी उत्थान संघले निरन्तर सचेतनामूलक कार्यक्रम संचालन गर्दै आइरहेका थिए ।

सर्लाहीमा केहीदिन अघि मात्र गोडैता नगरपालिकाका दुईवटा वडालाई एकैसाथ बालविवाहमुक्त घोषणा घोषणा गरिएको थियो ।