logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

न्यौपानेले पाए अनिवार्य अवकाश


  • उज्यालो अभियान

लालबन्दी, १४ मंसिर – लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत उपसचिव वसन्त न्यौपानेले अनिवार्य अवकाश पाएका छन् ।

आजदेखि ५८ वर्षे उमेर पूरा गरी अनिवार्य अवकाश भएका न्यौपानेलाई लालबन्दी नगरपालिका कार्यालयले बिदाई गरेको छ । न्यौपानेलाई नगर प्रमुख वासुदेव अधिकारी , उपप्रमुख कल्पनामाया पाख्रिन, वडाध्यक्ष, अन्य जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीले आज भव्यरुपमा बिदाई गरेका हुन् ।

लालबन्दी ७ का स्थानीय वासिन्दा न्यौपाने सरल र कुशल प्रशासकको रुपमा चिनिन्थे ।