logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीको मौसम आज धाम्मधुम्म, चिसो महशुस


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, ०५ मंसिर – सर्लाहीको मौसम आज बिहानैदेखि धाम्मधुम्म रहेको छ ।

यहाँ अन्य दिन यसबेलासम्म पारिलो घाम लागिसक्थ्यो । तर आज भने स्याँठ चलेर मौसम धाम्मधुम्म हुँदा स्थानीयले तुलनात्मकरुपमा चिसो बढेको महसुस गरेका छन् ।

मौसम खराब बन्दा धमाधम धान काटिरहेका किसान भने चिन्तामा परेका छन् । ढिलो पाक्ने धान रोपेकेका किसानको अहिले धान पाकेर पहँलो भएपछि धमाधम भित्र्याउने बेला भएको छ ।

यो वर्ष मध्य असोज र मध्य कात्तिकमा भएको भारी वर्षाले धानसहित अन्य बालीमा व्यापक क्षति गरेको थियो ।