जब्दी, ०५ कात्तिक – सर्लाहीको लालबन्दी नगरपालिका ३ मा आज यूवा क्लबको अगुवाईमा गाउँको सडक सरसफाई गरिएको छ ।
दोभान यूवा क्लब जब्दी र गढिमाई यूवा क्लब भैरवपुरको संयुक्त आयोजनामा गाउँको सडक सरसफाई गरिएको लालबन्दी ३ का वडाध्यक्ष वुद्धदेव चौधरीले जानकारी दिए । चौधरीका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी सडक सरसफाई गरिएको हो ।
चाडपर्वको अवसरमा जिल्लाको अन्य स्थानमा पनि युवाको अगुवाईमा सडक सरसफाई, छठघाट निर्माणलगायतका काम भएका छन् ।