logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

माओवादी नेता पाठकको बागमतीमा अन्त्येष्टि


  • उज्यालो अभियान

हरिवन, २५ असोज – नेकपा माओवादी केन्द्र सर्लाहीका नेता एवं हरिवनका सामाजिक अगुवा इन्द्र पाठकको आज साँझ बागमती नदीमा अन्त्येष्टि गरिएको छ ।

हरिवन नगरपालिका ११ निवासी ६२ वर्षीय पाठकको हिजो ‘हर्ट अट्याक’ अर्थात् हृदयघातबाट निधन भएको थियो । नेकपा माओवादी केन्द्र सर्लाहीका पूर्व जिल्ला कमिटी सदस्य पाठकको पार्थिव शरीरमा पार्टीका नेता, कार्यकर्ताले झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गरेका छन् ।

पाठक केही समयदेखि मुटु सम्वन्धी रोगबाट ग्रसित थिए ।