हरिपुर, २३ असोज – सर्लाहीको हरिपुुर नगरपालिका २ मा रहेको ग्रामीण नारी उत्थान संघको आज ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको सभा हलमा अध्यक्ष गोमादेवी न्यौपाने अध्यक्षता तथा संविधान सभा सदस्य राम चन्द्र चौधरीको प्रमुुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हरिपुर नगर प्रमुुख गोपाल पजियार, उपप्रमुुख निलम देवि राय यादव, विभिन्न वडाका वडा अध्यक्षहरु , उद्योग वाणिज्य संघ हरिपुरका अध्यक्ष शंकर दाहाल , ईलाका प्रहरी कार्यालय हरिपुुरका प्रमुुख रोमन राज अर्याल , नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुुरलगायतको उपस्थितीमा सम्पन्न वार्षिक साधारण सभा कार्यक्रममा संस्थाले एक वर्षमा गरेको कामको बारेमा समेत जानकारी गरिएको संघका सचिव सूर्य चालिसेले जानकारी दिए ।
संस्थाले सेभ द चिल्ड्रेन्नको सहयोगमा सम्मुुनति , पहुँच,सिडा/संकल्प ,सिईएफएम परियोजना संचालन गरिरहेको छ । संस्थाले वार्षिक साधारण सभामा गत आर्थिक वर्ष २०८१/८२ को खर्च सार्वजनिक गर्दै चालू आर्थिक वर्ष २०८२/८३ का लागि १५ करोड ८३ लाख बराबरको बजेट पारित गरेको छ ।
वार्षिक साधारण सभाको अवसरमा संस्थाका कार्यसमिति तथा सदस्यहरु र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । संस्थाले यो वर्षदेखि कविलासी र बरहथवा नगरपालिकामा समेत कार्यक्रमहरु संचालन गर्न सुरु गरिएको साधारण सभामा जानकारी गराइएको छ ।