मलंगवा, ०६ बैशाख – सर्लाहीका मुस्लिम अगुवाले प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई ज्ञापन पत्र बुुझाएका छन् ।
हिन्दु सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण यादवलाई कारवाहीको माग गर्दै मुस्लिम इत्तेहाद संगठन सर्लाहीले देशव्यापी कार्यक्रम अन्तर्गत सर्लाहीमा पनि सिडिओलाई ज्ञापन पत्र बुझाएको हो । हिन्दु सम्राट सेना नेपालका उपाध्यक्ष यादवले यही वैशाख ३ गते काठमाण्डौको गोंगबुमाआयोजित सभामा मुस्लिम समुदाय विरुद्ध अभिव्यक्ति दिएको भन्दै कारवाहीको माग गरिएको छ ।
संगठनका सर्लाही अध्यक्ष शेख मेहबुव रेजाको नेतृत्वमा गएको टोलीले हिन्दु सम्राट सेना नेपालका उपाध्यक्ष यादवले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको र त्यसमा इत्तेहाद संगठनको ध्यानाकर्षण भएको जनाउँदै तत्काल कारवाही गर्न माग गरिएको छ ।
विश्वको अमूक मुलुकमा लाखौं मान्छे मारिएको भन्ने यादवको दाबी कपोकल्पित, भ्रामक, असत्य र असामाजिक रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।