logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

एमाले सर्लाहीले मोटरसाइकल र्याली निकाल्दै


  • उज्यालो अभियान

हरिवन, १८ चैत – नेकपा एमाले सर्लाहीले आज पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल र्याली निकाल्दै छ ।

गएको शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनाको विरोध र लोकतन्त्रको पक्षमा पार्टीको देशव्यापी प्रर्दशनको कार्यक्रम अन्तर्गत सर्लाहीमा मोटरसाइकल र्याली निकाल्न लागिएको पार्टीका जिल्ला उपाध्यक्ष विदुरकुमार प्याकुरेलले उज्यालो अभियानलाई जानकारी दिए ।

प्याकुरेलका अनुसार पार्टी केन्द्रीय कमिटीको सर्कुलर अनुसार ७७ वटै जिल्लामा आज विरोधका कार्यक्रम गरिँदै छ । दिउँसो १ बजेपछि बागमती पुलबाट मोटरसाइकल र्याली सुरु गरेर फूलजोरसम्म आउने कार्यक्रम तय गरिएको उपाध्यक्ष प्याकुरेलले बताए ।

फूलजोरमा कोण सभा गरेर कार्यक्रम टुंग्याइने छ । कार्यक्रममा जिल्लाभरबाट नेता, कार्यकर्ता सहभागी हुने एमाले सर्लाहीले दावी गरेको छ ।

एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले आजको मोटरसाइकल र्याली र फूलजोरमा हुने कोण सभालाई लक्षित गरी हिजो नै वडा तथा पालिका तहका बैठकहरु बसेर नेता, कार्यकर्ता सहभागी गराउने निर्णय भएका बताए ।