लालबन्दी, १० चैत – लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाई समिति गठन गरिएको छ ।
आज सम्पन्न छैठौं इकाई अधिवेशनले निर्मल अधिकारी (सफल) सभापति रहने गरी नेविसंघको नयाँ क्याम्पस इकाई समिति गठन गरेको हो । नेविसंघको इकाई समिति सभापतिमा सर्वसम्मत चयन भएका अधिकारी भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघको तर्फबाट सभापतिको प्रत्यासी थिए ।
नवगठित नेविसंघको इकाई समितिमा प्रकृति खनाल, अरविन्द साह र मुकेश महतो उपसभापति, निलकुमार घिमिरे सचिव, विश्वास अधिकारी, निकेश खतिवडा, उज्वल यादव, साहिल यादव, सुनिता कुमारी चौधरी सह–सचिव, सुरज भण्डारी कोषाध्यक्षलगायत अन्य सदस्य चयन भएका छन् ।
इकाई अधिवेशनका लागि जिल्लाबाट खटाइएका प्रतिनिधि आदित्य महतोको अध्यक्षता तथा नेपाल तरुल दलका केन्द्रीय सदस्य लोकहरि पौडेलको प्रमुख आतिथ्यतामा नेविसंघको जनज्योति बहुमुखी क्याम्पस इकाई समिति गठन गरिएको हो ।