logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बागवानी जंगलको लच्का भत्काइयो, कल्भर्ट हालिने


  • उज्यालो अभियान

नवलपुर, ०२ फागुन – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुरस्थित बागवानी जंगलको लच्का भत्काएर कल्भर्ट हाल्ने काम प्रारम्भ गरिएको छ ।

राजामर्ग विस्तार कार्य अन्तर्गत उष्ण प्रदेशीय बागवानी केन्द्रको कार्यालय गेटदेखि पश्चिमतर्फको लच्का आजदेखि भत्काएर कल्भर्ट हाल्ने काम थालिएको हो । लच्का भत्काएर कल्भर्ट हाल्ने ठाउँमा आजदेखि दक्षिणतर्फ बागवानीको पर्खालतर्फ बनाइएको डाइभर्सनबाट गाडी पास गराउन थालिएको छ ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारी पुण्यप्रसाद खतिवडाले राजमार्ग विस्तारको काम अन्तर्गत नै बागवानी जंगलमा कल्भर्ड बनाउने, चापिनी पुलमा पुल थप गर्नेलगायत ठाउँठाउँमा फाट्टफट्ट काम सुरु भइसकेको बताए ।