logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सेनाद्वारा मुसहर बस्तीमा मण्डी वितरण र ताताे-न्यानाे कार्यक्रम


  • उज्यालो अभियान

लालबन्दी, २५ पुस – नेपाली सेनाकाे भैरवीदल गण पाँचकुमारीले बुधबार मुसहर बस्तीमा मण्डी (कम्बल) वितरण तथा ताताे-न्यानाे कार्यक्रम सम्पन्न गरेकाे छ ।

लालबन्दी नगरपालिका-३ मा स्थित मुसहर बस्तिका ११५ परिवारलाई २ वटाका दरले २३० वटा मण्डी वितरण गरिएको कार्यक्रमकाे कमाण्ड समेत गरेका गणपति प्रमुख सेनानी सूर्य बहादुर कार्कीले जानकारी दिए । त्यस्तै हरिपुर नगरपालिका-६ लक्ष्मीपुर स्थित मुसहर बस्तिमा गणका उप-सेनानी आदित्य आचार्यको कमाण्डमा डेढ क्विण्टल दाउरा लगेर आगो बाल्नुको साथै, चिया, विस्कुट वितरण गरी तातो न्यानो कार्यक्रम संचालन गरिएकाे गणले जनाएकाे छ ।

दुवै कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष सहित जनप्रतिनिधि, स्थानीय भद्रभलाद्मी लगायतकाे उपस्थिती रहेकाे थियाे । नागरिक र सैनिक बीचकाे सम्बन्ध विस्तारलाई थप मजबुत पार्ने योजना अनुरुप अत्याधिक चिसो तथा शितलहरबाट प्रभावित तराई क्षेत्रको विपन्न वर्गहरुमा ताताे-न्यानाे कार्यक्रम संचालन गरिएकाे गणपति कार्कीले जानकारी दिए ।