logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

प्रेस सेन्टरको अध्यक्षमा पुनः थापा चयन


  • उज्यालो अभियान

अधिवेशनबाट निर्वाचित नेतृत्व सहित कार्यक्रमका प्रमुख अतिथि एवं अतिथिहरु ।

मुर्तिया, १७ पुस – नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा पुनः सिंग बहादुर थापा (श्रवण) थापा चयन भएका छन् ।

मंगलबार साँझ बरहथवा नगरपालिका–९, मुर्तियामा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । अधिवेशनले उपाध्यक्षमा क्षितिज विश्वकर्मा (विनोद), महिला उपाध्यक्षमा सर्मिला रमौली, सचिवमा राधेश्याम कुशवाह, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा, सहसचिवमा जितेन्द्र सिंह कुशवाह र सुवास कुमार मण्डल तथा सदस्यहरूमा सरोज राय यादव, चन्द्र बहादुर जिम्बा, जितेश यादव र रामनारायण साहलाई चयन गरेको छ । त्यस्तै केन्द्रिय प्रतिनिधिमा सलिना मगर र राजेश थापा मगर तथा प्रदेश प्रतिनिधिमा सन्तोष यादव र प्रेमनाथ पौडेल चयन भएका छन् ।

अधिवेशन उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो भने मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र आइसिटी मधेश प्रदेश इन्चार्ज भुपनारायण अधिकारी, बरहथवा नगरपालिका–९, का वडाध्यक्ष तुलसी लुँइटेल, नेपाल पत्रकार महासंघ सर्लाहीका नव निर्वाचित अध्यक्ष ओम प्रकाश ठाकुर, पत्रकार महासंघ मधेश प्रदेश समितिका निवर्तमान कोषाध्यक्ष विश्वनाथ ठाकुर, पत्रकार महासंघ सर्लाहीका निवर्तमान जिल्ला अध्यक्ष टंक बहादुर क्षेत्री, प्रेस युनियनका अध्यक्ष कृष्ण थपलिया, प्रेस चौतारीका जिल्ला अध्यक्ष अच्युतम सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।