बसबरिया, ०८ पुस – सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने बसबरिया गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ बजेट आज सार्वजनिक गर्दै छ ।
नयाँ आर्थिक वर्ष सूरु भएको ५ महिना बितिसक्दा पनि किचलोका कारण गाउँपालिकाले बजेट पास गर्न सकेको थिएन । गाउँसभा अन्तर्गत हिजो भएको बन्दसत्रले आज बजेट ल्याउने निर्णय गरेको गाउँपालिका अध्यक्ष रामसिंहासन रायले उज्यालो अभियानसँग बताए ।
असारमै ल्याउनुपर्ने बजेट अहिलेसम्म नआउँदा बसबसरिया गाउँपालिका अन्तर्गतका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतले तलब, सामाजिक सुरक्षा भत्ता बुुझ्न पाएका छैनन् ।
यस्तै यहाँको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने विष्णुु गाउँपालिकाले पनि अझै बजेट ल्याएको छैन् ।