logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दी नगर अस्पताल परिसरमा सरसफाई


  • उज्यालो अभियान

लालबन्दी, ०६ पुस – लालबन्दीस्थित नगर अस्पताल डुुमडुमे परिसरमा आज बिहान सरसफाई गरिएको छ ।

नेपाल हृदयरोग प्रतिष्ठानको आयोजनामा अस्पताल परिसरमा सरसफाई गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष शिवप्रसाद न्यौपानेको नेतृत्वमा भएको सरसफाईमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष बाबुुकाजी नुच्छे प्रधानसहित वर्तमान तथा पूर्व कार्य समितिका अन्य पदाधिकारी, नगर अस्पतालका प्रमुख डा. चन्दन चौधरी, स्वास्थ्यकर्मी र सामाजिक अगुवा सहभागी भएका थिए ।