logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

प्रहरी चौकीका लागि जग्गा हेर्न घारिबथान आइपुुगे डिआइजी आचार्य


  • उज्यालो अभियान

घारिबथान, ०५ पुस – मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) लालमणि आचार्य आज सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथान आएर फर्किएका छन् ।

अस्थायी प्रहरी पोष्ट कालिन्जोर घारिबथानका लागि जग्गा हेर्न भन्दै मधेश प्रदेशका प्रहरी प्रमुख आचार्य आज दिउँसो घारिबथान आइपुुगेका हुन् । सर्लाहीको उत्तर–पूर्वी भेगस्थित चुरे पाखाको काखमा रहेको घारिबथानमा यसै वर्षको जेठ २८ गते प्रहरी पोष्ट स्थापना भएको थियो ।

उक्त प्रहरी पोष्ट अहिले वडा कार्यालय छेउमा एक व्यक्तिको घर भाडामा लिएर संचालन गरिएको छ । प्रहरीका लागि आफ्नै भवन निर्माण गर्न जग्गाको खोजी भइरहेको छ । सोहीक्रममा डिआईजी आचार्यले आज घारिबथान आएर प्रहरी चौकी राख्न सकिने सम्भावित ठाउँ र जग्गा खोजी गर्नेबारे स्थानीय जनप्रतिनिधि र अगुवासँग छलफल समेत गरेका छन् ।

डिआइजी आचार्य, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, जिल्ला प्रहरी प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंह, वडाध्यक्ष देविबहादुर खत्री (शिव), इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका इन्स्पेक्टर उमाकान्त जोशी, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका इन्स्पेक्टर रजोस घिमिरेलगायतले अस्याथी प्रहरी चौकी तथा सो चौकीका लागि भवन बनाउन उपयुक्त हुने जग्गाको निरीक्षण गरेको छ ।

डिआइजीसहितको टोलीले वडा कार्यालय परिसरमा रहेको खाली जग्गा र घारिबथानकै चौकीडाँडा जाने बाटो नजिक प्रयोगविहीन अवस्थामा रहेको खानेपानी भवनको निरीक्षण गरेको छ ।

डिआइजी आचार्यले स्थानीय जनप्रतिनिधि र अगुवासँग सकेसम्म सबैलाई पायक पर्ने र प्रहरीलाई पनि शान्ति सुरक्षा प्रदान गर्न सहज हुने गरी नम्बरी जग्गा खोजी गर्न आग्रह गरेका छन् ।