logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बलरा ४ का पूर्व वडाध्यक्ष झाको निधन, वडाभित्र आज शोक बिदा


  • उज्यालो अभियान

दिवंगत पूर्व वडाध्यक्ष केशव झा ।

बलरा, ०४ पुस – सर्लाहीको बलरा नगरपालिका–४, का पूर्व वडाध्यक्ष केशव झाको निधन भएको छ ।

८५ वर्षीय झाको आज बिहान बलरा–४, स्थित निवासमा निधन भएको हो । पन्चायत कालदेखि नै राजनीतिमा सक्रिय झा २०४९ सालमा साबिक बलरा गाविसको अध्यक्ष र २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट बलरा नगरपालिका–४, को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

झाको निधनप्रति दुःख व्यक्त गर्दै बलरा नगरपालिका ४ को वडा कार्यालयले आज वडाभित्र शोक बिदा दिएको छ । वडाध्यक्ष मनिभुुषण सिंहले सूचना जारी गरी पूर्व वडाध्यक्ष झाको निधनप्रति दुःख व्यक्त गर्दै आज वडा कार्यालय, विद्यालय र अन्य संघसंस्थामा शोक बिदा दिइएको जानकारी दिएका हुन् ।

यस्तै सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पूर्व वडाध्यक्ष झाको निधनप्रति दुःख व्यक्त गर्दै एक असल अभिभावक र गुुरु गुमाएको उल्लेख गरेका छन् ।

बलरामा जातिय समिकरणलाई समेटेर कुशल नेतृत्वकर्ताको छवी बनाएका झाको निधनप्रति महिला आयोगकी सदस्य विद्या सिंह, जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंह, नगरप्रमुख रामाशंकरप्रसाद कुुशवाहालगायतले दुःख व्यक्त गरेका छन् ।