नवलपुर, ०३ पुस – सर्लाहीमा चिसोयाममा समेत सर्पदंशका बिरामी अस्पताल आउनेक्रम रोकिएको छैन् ।
प्रायः गर्मीयाममा मात्रै देखिने विषालुु सर्प चिसोयाममा पनि देखा पर्न थालेका छन् । तापक्रम अत्यधिक हुँदा जमिन तातेर विषालुु सर्प बाहिर धेरै निस्कने गर्छ । तर अहिले भने चिसोमा पनि विषालुु सर्प देखा परेर मानिसलाई डस्नेक्रम जारी छ ।
नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा मङ्सिर महिनामा २५ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । सर्पले डसेर आएका १७ जना पुरुष, सात जना महिला र दुुई जना बालबालिकाको उपचार गरिएको सर्पदंश उपचार केन्द्र इन्चार्ज जगर्नाथ यादवले जानकारी दिए । उनले चिसोयाम सुरु भइसक्दा पनि सर्पदंशका बिरामी उपचार गर्न आउनेक्रम नरोकिएको बताए ।
उपचार केन्द्रमा गर्मीयाममा दैनिक छ/सात जनासम्म सर्पदंशका बिरामी भर्ना हुने गरेको नवलपुर सर्पदंश उपचार केन्द्रले जनाएको छ ।
यस्तै चिसोयाममा समेत जिल्लाका स्थानीय लामखुुट्टेको आतङ्कले हैरान छन् । गर्मीयाममा मात्रै सताउने लामखुुट्टे यो वर्ष जाडोमा पनि असाध्य देखा परेको स्थानीयले बताएका छन् ।
चिसोमा समेत साँझ र रातको समयमा लामखुुट्टे असाध्य लाग्ने गरेको स्थानीयको भनाई छ ।