logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सेवाप्रवाहका सम्वन्धमा सार्वजनिक सुुनुवाई


  • उज्यालो अभियान

सागरनाथ, ०२ पुस – जिल्ला प्रशासन कार्यालय सर्लाही र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त आयोजनामा आज ईश्वरपुरमा सार्वजनिक सुुनुुवाई कार्यक्रम गरिएको छ ।

जिल्लाको उत्तर–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका सरोकारवालालाई भेला पारेर सार्वजनिक सुुनुुवाई कार्यक्रम गरिएको हो । ईश्वरपुर नगरपालिका–४, स्थित खाल्टे बजारमा आयोजित सार्वजनिक सुनुुवाई कार्यक्रममा सहभागीले अनियमित विद्युत् कटौति, अव्यवस्थितरुपमा रहेका बिजुुलीका पोल, ट्राफिक जरिवाना, रेल्वे ट्रयाकको ड्यामका कारण खेप्नुुपरेको डुुबानको समस्या, चोरी तस्करी, नापी तथा मालपोत कार्यालयबाट पाइरहेको सास्ती, ईश्वरपुर नगरमा हुन नसकेको फोहोरमैलाको व्यवस्थापनलगायतका विषयमा गुनासो व्यक्त गरेका छन् ।

ति गुनासोको प्रमुख जिल्ला अधिकारी, अन्य सुरक्षा अधिकारी, सम्वन्धित कार्यालयका प्रमुख, नगरका जनप्रतिनिधिलगायत भएर जवाफ दिए । जिल्लास्थित सबै सरकारी कार्यालयको सेवा प्रवाहको अवस्था, नागरिकको गुनासो र सुधार गर्नुपर्ने पक्षका विषयमा नागरिकबाटै राय, सुुझाव लिन सार्वजनिक सुुनुवाई कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताएका छन् ।

अधिकारीकै अध्यक्षतामा आयोजित सार्वजनिक सुनुुुवाई कार्यक्रममा ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, सर्लाहीका प्रहरी प्रमुख रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी प्रमुख विनोदराज खनाल र ईश्वरपुर र चन्द्रनगर हेर्ने विभिन्न कार्यालयका प्रमुखले प्राप्त जिज्ञाशा तथा गुनासोलाई सम्वोधन गरेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो ।