logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा तीन दिनदेखि विद्युत् अनियमित, सर्वसाधारण हैरान


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

नवलपुर, ०१ पुस – सर्लाहीका स्थानीय विगत तीन दिनदेखि विद्युत् अनियमित हुँदा हैरान भएका छन् ।

धनुुषाको ढल्केबर सवस्टेशनबाट ल्याइएको १३२ केभी प्रशारण लाइनमा खराबी आउँदा गएको शनिबारदेखि जिल्लाभर विद्युत् अनियमित बनेको हो । सर्लाहीको नवलपुरस्थित ग्रिड सवस्टेशनको हाताभित्र १३२ केभी प्रशारण लाइनको तार चुुँडिएर खस्दा जिल्लाभरकै विद्युत् अनियमित बनेको छ । शनिबार दिनभर बत्ती अवरुद्ध पारेर चुँडिएको तार जोड्ने काम सकी साँझबाट बत्ती सूचारु गरिएको थियो ।

त्यसपछि पनि नवलपुर सवस्टेशन नजिकै पुनः इन्सुलेटर (नाङ्गो तार) चुडिने समस्या आएको नेपाल विद्युत् प्राधिकरणको ढल्केबर महाशाखा प्रमुख विनोद लोहनीले बताए । उनले अझै पनि प्राविधिकहरु नवलपुरमै बसेर मर्मतको काम गरिरहेका जानकारी दिए । उहाँका अनुसार आज राति पनि सर्लाही जिल्लाभर बेलाबेलामा बत्ती कट्ने समस्या आउन सक्छ ।

लोहनीले भोलीबाट भने सर्लाही जिल्लाभरको विद्युत् नियमित हुने गरी काम भइरहेको बताए । प्राधिकरणका अनुसार हाइभोल्टेज ट्रान्समिसन लाइनको पाँचवटा स्पानको तार चुँडिएको छ । त्यसरी तार चँुडिएर छिनछिनमै बत्ती गइरहने समस्याले जिल्लाभर बिजुलीबाट हुने काम भने प्रभावित बनिरहेको छ ।