logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

उखुको पत्कर जलाउँदा सँधियारको उखु जलेर खरानी


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

चन्द्रनगर, ०१ पुस – सर्लाहीको चन्द्रनगरमा एक किसानले आफ्नो खेतमा काटिसकेको उखुको पत्कर जलाउँदा सँधियारको काट्न बाँकी नै रहेको उखुबाली जलेर सखाप भएको छ ।

आज दिउँसोपख चन्द्रनगर गाउँपालिका–१, का किसान रामकैलाश महतोले वडा नं. ४ मा रहेको आफ्नो खेतमा चिनी मिलमा लगेर बेचिसकेको उखुको पत्कर अर्थात् पात जलाइरहँदा छिमेकीको उखु बालीमा आगो सल्किएर क्षति पुुगेको हो ।

आगलागीबाट सँधियार चन्द्रनगर गाउँपालिका–५, बस्ने गङ्गी राय महतोको चार कठ्ठाको उखु जलेको प्रहरी चौकी मोहनपुरले जनाएको छ । चिनी मिलमा लगेर बेच्ने बेला भएको उखुु बाली आगलागीमा परेर जलेपछि गङ्गी राय महतोको परिवार चिन्तित बनेको छ ।

केही साताअघि हरिपुर नगरपालिका–१, जानकीनगरमा पनि आगलागीमा परेर १० कठ्ठा खेतमा लगाएको उखुबाली सखाप भएको थियो ।