logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवा जेसीजको नयाँ नेतृत्व चयन


  • उज्यालो अभियान

मलंगवा, ३० मंसिर -सदरमुुकाम मलंगवामा जेसीजको नयाँ कार्य समिति चयन गरिएको छ ।

हिजो सम्पन्न ४४ औँ शाखा अधिवेशनबाट प्रविणकुमार गुुप्ता अध्यक्ष रहने गरी मलंगवा जेसीजको नयाँ नेतृत्व चयन गरिएको हो । समितिमा कृष्णा सिंह र साजन जैयसवाल कार्यकारी उपाध्यक्ष, संजिव राउत, प्रिन्स गुुप्ता, विमलेश राय र लालबाबुराय सदस्यमा चयन भएका छन् ।

बाँकी सदस्य यही कार्य समितिले मनोनित गर्ने छ । सातै जना पदाधिकारी सर्वसम्मत रुपमा चयन गरिएको निर्वाचन अधिकृत शिवशंकर जयसवालले जानकारी दिए ।