लालबन्दी, २९ मंसिर – सर्लाहीमा बिहानैदेखि बिजुली अवरुद्ध रहेको छ ।
ढल्केबरबाट ल्याइएको १३३ केभीको प्रशारण लाइनमा समस्या आउँदा बिहानैदेखि जिल्लाभर बत्ती अवरुद्ध रहेको हो ।
ढल्केबर ग्रिड महाशाखाका प्रमुख बिनोद लोहनीले नवलपुरस्थित सवस्टेशनमा दुई किलोमिटर बढी हाइटेन्सन लाइनको तार चुँढिएर झरेकाले बिजुली अवरुद्ध भएको उज्यालो अभियानसँग बताए ।
लोहनीका अनुसार अहिले प्राविधिकहरु लागिपरेर तार तान्ने काम गरिरहेका छन् । साँझ ५ः३० बजेतिर उज्यालो अभियानसँग कुरा गर्दै लोहनीले बत्ती सूचारु हुन अझै कम्तीमा तीन घण्टा लाग्ने बताएका छन् ।
लालबन्दी, बरहथवा र मलंगवा तीनवटै वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा अहिले बत्ती अवरुद्ध छ । बिहानैदेखि बत्ती नहुँदा स्थानीय समस्यामा परेका छन् । अहिले साँझ स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।