बलरा, २४ मंसिर – दुई थान पेस्ताेल सहित प्रहरीले १ युवकलाई पक्राउ गरेकाे छ ।
बलरा नगरपालिका-६, मिर्जापुर निवासी १९ वर्षीय गाेलु भन्ने धर्मजित कुमार सहनीलाई आइतबार साँझ २ थान पेस्ताेल सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । इलाका प्रहरी कार्यालय बलराका प्रमुख वरिष्ठ नायब निरीक्षक दिपेन्द्र मल्ल नेतृत्वकाे टाेलीले सहनीलाई १ थान चाइनिज र १ थान कटुवा पेस्ताेल सहित पक्राउ गरेकाे हाे ।
साँझ पाैने ६ बजे मिर्जापुर स्थित गढिमाई मेलाबाट सहनी पक्राउ परेका हुन् ।