logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ईश्वरपुर–३ मा कांग्रेसको भेला सम्पन्न


  • उज्यालो अभियान

ईश्वरपुर, २३ मंसिर – सर्लाहीको ईश्वरपुर नगरपालिका–३ मा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति बैठक एवं क्षेत्रीय प्रतिनिधि भेला हिजो सम्पन्न भएको छ ।

वडास्तरीय संगठनलाई सुदृढ बनाउने उद्देश्यले आयोजित भेलाले विभिन्न निर्णय गरेको छ । पार्टीका महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि समेत सम्मिलित मङ्सिर ९ गते सम्पन्न क्षेत्रिय कार्यसमिति बैठकको निर्णयानुसार सम्बन्धित वडामा जिम्मेवारी प्राप्त महाधिबेशन प्रतिनिधिहरुको उपस्थिति र निर्देशनमा हुने बैठकको नियमितता अनुसार महाधिवेशन प्रतिनिधि दिपक अधिकारीको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो ।

वडा सभापति ओमप्रकाश श्रेष्ठको सभापतित्वमा भएको भेलामा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, नेविसंघ केन्द्रीय सदस्य तथा जय नेपाल फाउन्डेसन र विपि कोइराला युवा नेतृत्व विकास मञ्चका सर्लाही अध्यक्ष मनोज बख्रेल लगायतको उपस्थिति रहेको थियो ।

भेलाले पार्टीको कृयासिल सदस्यता नवीकरण अभियानलाइ प्रमुखताका साथ राखी १५ दिनभित्र वडा पार्टी कार्यालय सञ्चालन गर्ने, प्रत्येक महिनाको पहिलो शनिबार नियमित वडा बैठक बस्ने र सोको जानकारी क्षेत्रिय कार्यसमितिमा गराउने, रिक्त रहेका उपसभापति तथा अन्य पदहरूको पूर्तिगर्ने ,पौष ९ गतेभित्र क्रियाशील सदस्यता नवीकरण सम्पन्न गर्ने लगायतका निर्णय गरेको छ ।