प्रतिकात्मक तस्बीर ।
मलंगवा, २२ मंसिर – सर्लाही सदरमुकाम मलङ्गवामा आज दिउँसो पानीमा डुुबेर एक बालिकाको मृत्यु भएको छ ।
मलङ्गवा नगरपालिका–११, ठूलो पल्सी बस्ने इजहारुल अन्सारीको चार वर्षकी छोरी माहेनुर अन्सारीको पानीमा डुुबेर मृत्युु भएको हो । बालिका आफ्नै घरमा रहेको कलधाराको खाल्डोमा जमेको पानीमा डुुबेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृतक बालिका सुस्त मनस्थितिको रहेको परिवारका सदस्यले बताएका छन् ।