logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

प्रशासनिक भवनको शिलान्यास


  • उज्यालो अभियान

बयलवास, १४ मंसिर – सर्लाहीको ईश्वरपुर नगरपालिकामा आज प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।

अहिले नगरपालिका कार्यालय रहेकै स्थान बयलवासमा नयाँ प्रशासनिक भवन निर्माणका लागि शिलान्यास गरिएको हो । भवनको नगर प्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रन्जिता देवी चौधरी र विभिन्न वडाका वडाध्यक्ष भएर संयुक्त रुपमा शिलान्यास गरेको नगरपालिका कार्यालयले जनायो ।

भवन निर्माणका लागि राउत–ए प्लस जेभी सूूर्यविनायक भक्तपुरले तीन करोड ५६ लाख १० हजार ६६९ रुपियाँ ९७ पैसामा ठेक्का सकार गरेको छ ।

आगामी असार मसान्तभित्र सम्पन्न गर्ने गरी भवन निर्माणको ठेक्का लागेको नगरपालिका कार्यालयले जनायो ।