वसन्तपुर, १२ मंसिर – नेपाली कांग्रेस सर्लाहीले मंगलबार तत्कालिन बसन्तपुर गाविसका अध्यक्ष लक्ष्मेश्वर पन्जियारको निधनप्रति दुःख व्यक्त गर्दै मंगलबार श्रद्धान्जली सभा सम्पन्न गरेको छ ।
पन्जियारको १३ औँ दिनको पुुण्य तिथीमा उनकै निवास हरिपूर्वा नगरपालिकास्थित वसन्तपुुरमा श्रद्धान्जली सभा सम्पन्न गरिएको हो । कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको अध्यक्षता तथा कांग्रेसका नेता एवं पूर्व मन्त्री विमलेन्द्र निधीको प्रमुख आतिथ्यतामा श्रद्धान्जली सभा सम्पन्न भएको कांग्रेस नेता गजेन्द्र साहले जानकारी दिए ।
वसन्तपुरको कार्यक्रमपश्चात पूर्व मन्त्री निधीको प्रमुख आतिथ्यतामा धनकौल गाउँपालिकास्थित पार्टी जिल्ला सभापति सिंहको निवासमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।