logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीमा ३ बिघाको वन अतिक्रमण हटाइयो


  • उज्यालो अभियान

लालबन्दी, १२ मंसिर – डिभिजन वन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिका–६, मा वनको अतिक्रमित जग्गा खाली गराएको छ ।

सवडिभिजन वन कार्यालय लालबन्दीदेखि उत्तरपट्टी लामो समयदेखि भइरहेको वन अतिक्रमण हटाइएको हो । सर्लाहीका डिभिजन वन प्रमुख सन्तोष झाले झण्डै तीन बिघाको वन अतिक्रमण खाली गराइएको जानकारी दिए ।

केही स्थानीयले राष्ट्रिय वनको जग्गा अतिक्रमण गरेर अदुुवा, बेसार, आँप, लिची, केरा, कटहर, साग, आलुलगायतका बोटविरुवा एवं बालिनाली लगाएका थिए । वनको जग्गामा बनाइएको एक दर्जन बढी सुुङ्गुरको खोर समेत भत्काइएको डिभिजन वन प्रमुख झाले बताए ।

वन कार्यालयले सुरक्षाकर्मीको समेत साथ लिएर वनको अतिक्रमित जग्गा खाली गराएको हो । वर्षौदेखि आफूूहरुले उपभोग गरिरहेको जग्गामा लगाइएको बोटविरुवा, बालिनाली र सुुङ्गुुरको खोर वनकर्मीको टोली आएर हटाएपछि स्थानीयले सामान्य अवरोध गरेका छन् ।

अतिक्रमण हटाइएको वनको जग्गामा तत्काल पुरानो तारबार मर्मत गर्ने, तारबार नभएको ठाउँमा तारबार लगाउने र आगामी वर्षायाममा विरुवा रोपिने डिभिजन वन प्रमुख झाले बताए ।