logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

आँखा उपचार केन्द्र भवनको उद्घाटन


  • उज्यालो अभियान

बयलवास, १२ मंसिर – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मंगलबार साँझ सर्लाहीको ईश्वरपुरमा आँखा उपचार केन्द्र भवनको उद्घाटन गरेका छन् ।

मौसम खराबीका कारण हवाई उडानमा ढिलाई हुुँदा जनकपुर विमानस्थल हुुँदै ढिलो गरी मंगलबार साँझ मात्रै सर्लाही आइपुुगेका मन्त्री पौडेलले ईश्वरपुर नगरपालिका–९, मा निर्माण गरिएको आँखा उपचार केन्द्रको नवनिर्मित भवन उद्घाटन गरेका हुन् । ईश्वरपुर नगरपालिकाले भरतपुर आँखा अस्पताल चितवनसँग सहकार्य गरी आँखा उपचार केन्द्रको भवन निर्माण गरेको हो ।

यसअघि नगर अस्पतालमा संचालन रहेको आँखा उपचार केन्द्रको सेवा अब बेग्लै भवन निर्माण भएर मन्त्रीबाट उद्घाटन भएसँगै नवनिर्मित भवनबाटै औपचारिक रुपमा सेवा प्रारम्भ भएको ईश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सुुगेन्द्र महतोले जानकारी दिए । मन्त्री पौडेलसँगै सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, नगरप्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रन्जितादेवी चौधरीलगायत भएर आँखा उपचार केन्द्र भवनको उद्घाटन गरेका हुन् । आँखा उपचार केन्द्रले यसअघि देखि नै आँखाका बिरामीको उपचारसहित मोतियाविन्दुको शल्यक्रिया समेत गर्दै आइरहेको छ ।

स्वास्थ्य मन्त्री पौडेलले मंगलबार साँझ ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारमा निर्माण भएको व्यावसायिक भवनको उद्घाटन गर्नुुभएको ईश्वरपुर नगरपालिका–८, का वडाध्यक्ष श्यामबहादुर थापाले जानकारी दिए । स्वास्थ्यमन्त्री पौडेलले लालबन्दीस्थित नगर अस्पताल र लालबन्दीकै वडा नं. ६ मा निर्माण भइरहेको अस्पताल भवनको निरीक्षण गर्ने कार्यक्रम तय भएपनि समय अभावले गर्दा सो कार्यक्रम स्थगित गरिएको नगर अस्पतालका मेडिकल सुुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले बताए ।