कविलासी, ११ मंसिर – जिल्लास्थित सुुरक्षा प्रमुख आफै सरिक भएर आज जनता माध्यमिक विद्यालय अगर्वाका विद्यार्थीलाई सचेतनामूूलक कक्षा प्रदान गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालकुमार अधिकारी, प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहलगायत सरिक भएर कविलासी नगरपालिका–८, अगर्बामा रहेको उक्त विद्यालयमा सचेतना कक्षा लिएका हुन् । विद्यार्थीलाई समाजमा विद्यमान कुुरीति, लैंगिक हिंसा न्यूनिकरण, लागूूऔषधको प्रयोग एवं ओसारपसार नियन्त्रण, सवारी दुुर्घटना न्यूूनिकरणलगायतका विषयमा विद्यार्थीसँग युुवा लक्षित सचेतना कार्यक्रम संचालन गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो ।
जिल्लामा पहिलो पटक यसरी विद्यालयमै सिडिओ र एसपी नै पुुगेर विद्यार्थीलाई सचेतनामूूलक कक्षा संचालन गरिएको हो ।