logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू


  • उज्यालो अभियान

मलंगवा, १० मंसिर – हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सर्लाहीसहित देशभर शुरू भएको छ ।

१० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू भएको छ । नेपालको मन्त्रिपरिषद् बैठकले २०७५ साल मङ्सिर २ गते हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।

अभियानको अवसरमा सदरमुकाम मलंगवास्थित मुसैलीमा आज बिहान मलंगवा नगरपालिकाको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा प्रभातफेरि तथा कोणसभा गरिएको छ ।

त्यस्तै नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सर्लाहीले हरिवनमा आज बिहान अन्तरक्रियाको आयोजना गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवात गरेको छ । १६ दिनसम्म जिल्लाभर अब लैंगिक हिंसाविरुद्धको कार्यक्रम हुने छन् ।

यस्तै अभियानको अवसरमा देशैभर अन्तरक्रिया, छलफल, ¥यालीलगायतका कार्यक्रम भइरहेका छन् ।