logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अतिक्रमण नक्शांकन विषयक तालिम सुरु


  • उज्यालो अभियान

मलंगवा, ०३ मंसिर – मधेश प्रदेश सरकारको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, सागरनाथ सर्लाहीको आयोजनामा प्रदेश स्तरीय `वन अतिक्रमण नक्शांकन’ सम्बन्धी १० दिने तालिम सुरु भएको छ ।

सर्लाही वन प्राविधिक समाजद्वारा आयोजित तालिममा मधेश प्रदेश अन्तर्गत ८ वटै जिल्लाका स्थानीय तहबाट २० जना सहभागि छन् । तालिमले वन अतिक्रमणका समस्या पहिचान र समाधानमा प्रभावकारी कदम चाल्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । तालिमले प्रदेशका वन अधिकृत तथा फरेस्टर हरूलाई प्राविधिक ज्ञान प्रदान गरी वन व्यवस्थापनमा सुधार ल्याउने उद्देश्य राखिएको आयाेजकले जनाएकाे छ ।

मधेस प्रदेशमा मात्र करिव २० हजार हेक्टर क्षेत्रमा वन जंगल सहित सार्वजनिक भूभाग अतिक्रमणका रहेको र तालीमपश्चात अतिक्रमण न्यूनिकरणमा निकै टेवा पुग्ने अपेक्षा गरिएकाे छ ।

तालिमको उद्घाटन वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, सागरनाथका प्रमुुख सुजीत कुमार झाकाे अध्यक्षता तथा जिल्ला समन्यन समितिका सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहाको प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा मधेश प्रदेश साझेदारी वन उपभोक्ता महासंघका महासचिव रजनीकान्त झा र सर्लाही पर्सा गाँउ पालीकाका वन तथा वातावरण अधिकृत राजेन्द्र प्रसाद यदव लगायतको आतिथ्यता रहेको थियो ।