logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

रुखबाट लडेर वृद्धको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

नवलपुर, २१ कात्तिक – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर बुढाथोकी टोलमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

स्थानीय ७२ वर्षीय छत्रबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको हो । इपिलको रुखमा चढेर घाँस झार्नेक्रममा कार्की रुखबाट लडेका थिए ।

रुखबाट लडेर गम्भीर घाइते भएका कार्कीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज लगिएकोमा त्यहीँ उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनायो ।