बयलवास, २१ कात्तिक – सर्लाहीको ईश्वरपुर नगरपालिका–१५, बसनियाँमा आयोजित जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक र बडकुर्वाले खेल्ने भएका छन् ।
आज सम्पन्न सेमिफाइनल खेलमा जित निकाल्दै उपाधिका लागि आयोजक सतनाम युवा क्लब ईश्वरपुर नगरपालिका १५ बसनिया र न्यु एभरेष्ट युथ क्लब चन्द्रनगर गाउँपालिका ३ बडकुर्वाले खेल्ने भएका हुन् । फाइनल खेल पर्सी शुक्रबार हुने छ ।
प्रतियोगिताको बिजेताले ३० हजार र उपबिजेताले १५ हजार प्राप्त गर्ने छन् ।