मलंगवा, १९ कात्तिक – गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट ब्रम्हपुरी गाउँपालिका अध्यक्षका प्रत्यासी कृष्ण रायको निधन भएको छ ।
६३ वर्षीय रायको हृदयघातबाट निधन भएको हो । ब्रम्हपुरी गाउँपालिकाको नोकेल्वा निवासी उनलाई हिजो उपचारका लागि वीरगन्ज लगिएको थियो । उपचारकै क्रममा आज वीरगन्जमै उदको निधन भएको पारिवारिक स्रोतले जनायो ।
लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशील राय २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले पालिका अध्यक्षको टिकट नदिएपछि माओवादी केन्द्रबाट टिकट लिएर अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।