हरिवन, १२ कात्तिक – राष्ट्रिय आवास कम्पनिले आफ्नो नाममा रहेको एब बिघा १५ कठ्ठा जग्गा आज हरिवन नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
हरिवन नगरपालिका–१०, सुखेपोखरीमा कम्पनिको नाममा रहेको एब बिघा १५ कठ्ठा १५ धुर ६२ कन्मा जग्गा हरिवन नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको हो । राष्ट्रिय आवास कम्पनिका अध्यक्ष सन्दिपकुमार मिश्र, महाप्रवन्धक रामकृष्ण निरौला कम्पनि सचिव आश्विनी कुमार खड्काले आज एक औपचारिक कार्यक्रमकाबिच हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल) लाई जग्गा हस्तान्तरण गरिएको पत्र प्रदान गरेका छन् ।
मधेश प्रदेससभा सदस्य जवाहारलाल कुशवाहा, जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहालगायतको उपस्थितिमा कम्पनिले हरिवन नगरपालिकालाई जग्गा हस्तान्तरण गरेको हो । कम्पनिको नाममा हरिवन नगरपालिका–१०, सुखेपोखरी क्षेत्रमा रहेका जग्गा नगरपालिकाको नाममा प्राप्त भएको नगरप्रमुख बुढाथोकीले बताउनुभयो । यो जग्गामा अहिले ब्रह्मस्थान, हनुमान मन्दिरलगायत रहेका छन् ।
हरिवन नगरपालिकाले राष्ट्रिय आवास कम्पनिको जग्गा आफ्नो नाममा गरिदिन लामो समयदेखि पहल गर्दै आइरहेको थियो । कम्पनिले हरिवन नगरपालिकालाई जग्गा हस्तान्तरण गर्ने निर्णय गरेसँगै अब मालपोत र नापी कार्यालयबाट प्रक्रिया पूरा गरेपछि नगरपालिकाको नाममा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) बन्ने छ ।
राष्ट्रिय आवास कम्पनिले उपलब्ध गराएको जग्गामा पार्क, बर पिपल चौतारा, शौचालय, स्वास्थ्य केन्द्रलगायतका संरचना बनाइने हरिवन नगरपालिकाले जनाएको छ ।