logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गैरमा मुख्यमन्त्री सिंहले गरे योगाभवनको उद्घाटन


  • उज्यालो अभियान

गैर, १२ कात्तिक – मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको कविलासी नगरपालिका ७ गैर बजारमा निर्माण भएको योगाभवनको आज साँझ उद्घाटन गरेका छन् ।

मधेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री वीरेन्द्रप्रसाद सिंहकै कार्यकालमा निर्माण गरिएको योगाभवनको मुख्यमन्त्री सिंहले औपचारिक उद्घाटन गरेका हुन् । सिंह नेपाल फाउन्डेसनले आयोजना गरेको दीपावली, तीहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा समेत सरिक भएर जनकपुर फर्किएका छन् ।

फाउन्डेसनका अध्यक्ष विकास ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लास्थित नेपाली कांगे्रसका शिर्षस्त नेताहरुको समेत उपस्थिति रहेको थियो ।