logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

वडाध्यक्ष कप फुटबल प्रतियोगिता : वडा नं. ८ फाइनलमा प्रवेश


  • उज्यालो अभियान

जब्दी, ११ कात्तिक – सर्लाहीको लालबन्दी नगरपालिका ३ जब्दी भैरवपुरमा आयोजित सातौं नगर स्तरीय वडाध्यक्ष कप फुटबलमा वडा नं. ८ फाइनलमा प्रवेश गरेको छ ।

हिजो सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नं. ९ लाई दुईका विरुद्ध चार गोल गर्दै वडा नं. ८ उपाधि नजिक पुगेको हो । खेलमा वडा नं. ८ लाई फाइनलमा पुर्याउन सफल तथा टिमका लागि तीन गोल गरेर ह्याट्रिक गोल गर्ने विशाल लामा म्यान अफ दी म्याच बन्न सफल भएका छन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज वडा नं. २ र ४ ले खेल्ने छन् । प्रतियोगताको फाइनल खेल कात्तिक १३ गते हुने छ । त्यसअघि १२ गते तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको तेस्रो स्थानका लागि आज सेमिफाइनलमा पराजित वडा नं. ९ र भोली दोस्रो तथा अन्तिम सेमिफाइनलमा पराजित टिमबिच प्रतिस्पर्धा हुने आयोजक लालबन्दी ३ नम्वर वडाका वडाध्यक्ष वुद्धदेव चौधरीले जानकारी दिए ।