logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चक्रघट्टा र धनकौलमा जिल्ला प्रशासन कार्यालयको सार्वजनिक सुनुवाई


  • उज्यालो अभियान

मलंगवा, ११ कात्तिक – जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज जिल्लाका दुईवटा पालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

धनकौलमा गाउँपालिकाका अध्यक्ष रामआश्रय साहको प्रमुख आतिथ्यता तथा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षता र चक्रघट्टामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जिवकुमार यादवको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । जसमा सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवा सुविधालगायत समग्र प्रशासन कार्यालयको सेवा, सुविधा, शान्ति सुरक्षा, स्थानीय तहले प्रशासन कार्यालयमा गर्ने सरसिफारिस र जिल्लाको वस्तुस्थितिबारे सहभागी सबैलाई जानकारी प्रदान गरेका छन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सूचना प्राविधिक प्रमुख मुकेश यादवले वडाध्यक्ष र वडा सचिवहरुलाई प्रणालीमार्फत स्थानीय तहबाट नागरिकता सिफारिस कार्यान्वयनका सम्वन्धमा आवश्यक प्रशिक्षण प्रदान गरे ।

जिल्ला प्रशासन कार्यालयले यसअघि जिल्लाको बलरा नगरपालिका, कविलासी नगरपालिका, ब्रम्हपुरी गाउँपालिका, रामनगर गाउँपालिकालगायतका पालिकामा यस प्रकारको कार्यक्रम गरिसकेको छ ।

२० वटै पालिकामा सार्वजनिक सुनुवाई गरिने कार्यालयले जनाएको छ ।