logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया


  • उज्यालो अभियान

चन्द्रनगर, ०८ कात्तिक – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आज भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीवास कार्यालयको आयोजनामा नाढीमन तालस्थित गाउँपालिकाको सभा हलमा अन्तरक्रिया गरिएको हो । अख्तियार बर्दीवास कार्यालयका सहायक प्रमुख तुलसीराम पौडेलको अध्यक्षता तथा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रियामा गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी महतो, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाललगायतको आतिथ्यता रहेको थियो ।

अन्तरक्रियामा गाउँपालिकासँग जोडिएका अख्तियारमा परेको उजुरीलगायतका विषयमा जनप्रतिनिधि, अन्य सरोकारावाला र अख्तियारका अधिकारीबिच अन्तरक्रिया भएको छ ।