हरिवन, ०६ कात्तिक – सर्लाहीमा दुई जना सडक मानवको उद्धार गरिएको छ ।
‘सबैलाई एक छाक खाना, नाना र छानामुुनीको बास होस’ भनेर मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा जारी राखेको छ । सोहीक्रममा हिजो सर्लाही आइपुगेको मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको टोलीले हरिवनबाट एक जना पुरुष र बागमतीबाट एक जना महिलाको उद्धार गरेको हो ।
मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले संयुक्त रुपमा ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासहित उद्धार यात्रा जारी राखेको हो । हरिवन र बागमतीबाट उद्धार गरिएका दुई जनालाई मानव सेवाश्रमको हरिवन १ कैलाशपुरीस्थित आश्रममा लगेर राखिएको छ । म
ानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको नेतृत्वमा रहेको टोली सर्लाहीको यात्रा सकेर पश्चिमतर्फ लागेको छ ।